logo
२०८१ मंसिर ९ आईतवार



विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर

क्रिकेट |
खेलकुद |


विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर


काठमाडौं, कात्तिक २४ गते । विश्वकप टि २० क्रिकेट प्रतियोगिताको फाइनल खेल्न इङ्गल्यान्ड र न्युजिल्यान्डले बुधबार एकअर्काविरुद्ध खेल्दैछन् ।
टि २० क्रिकेटमा इङ्गल्यान्ड र न्युजिल्यान्डबीच अहिलेसम्म २१ भिडन्त भएका छन् । जसमा १३ खेल जितेर इङ्गल्यान्ड तथ्याङ्कमा अगाडि छ । न्युजिल्यान्डले सात खेलमा इङ्गल्यान्डलाई पराजित गरेको छ । गत वर्ष यी दुई टिमबीच पाँच खेलको टि २० शृङ्खला पनि भएको थियो । जसमा इङ्गल्यान्डले ३–२ ले जित हात पारेको थियो । विश्वकप टि २० मा यी दुई टिमबीच अहिलेसम्म भएको पाँच खेलमा पनि इङगल्यान्ड ३–२ ले नै अगाडि छ ।
दुवै टिम समूह चरणमा पाँचमध्ये एक खेल मात्र हारेर अन्तिम चारमा पुगेका हुन् । सुरुका चार खेलमा दमदार प्रदर्शन गरेपछि इङ्गल्यान्डले अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजय बेहोरेको थियो । जुन इङ्गल्यान्डलाई अति आत्मविश्वासी नहुन संकेत थियो । विश्वकपजस्ता ठूला प्रतियोगतामा सँधै राम्रो खेल्ने न्युजिल्यान्डले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई सजिलै हराएको थियो ।

इङ्गल्यान्ड सन् २०१० को विश्वकप टि २० विजेता हो । इङ्गल्यान्ड हालको विश्वकप एकदिवसीय क्रिकेट च्याम्पियन पनि हो । इङ्गल्यानडले फाइनलमा न्युजिल्यान्डलाई नै हराएर पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो । न्युजिल्यान्डसमक्ष बुधबार यी सबै पिडादायक हारको बदला लिने अवसर छ ।
तर न्युजिल्यान्डलाई बदला लिन सहज हुने छैन । इङ्गल्यान्ड ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा शानदार देखिएको छ । जस बट्लर शानदार लयमा हुनुहुन्छ । अर्का प्रारम्भिक ब्याट्सम्यान जेसन रोय घाइते भएर खेल्न नसक्ने भएपछि इङ्गल्यान्डलाइ धक्का भने परेको छ । तर उहाँको स्थानमा आउने साम बिलिङ्स पनि उत्तिकै क्षमता भएका ब्याट्सम्यान हुनुहुन्छ । कप्तान इयोन मोर्गन पनि लयमा फर्किसक्नुभएको छ । मोइन अली र लियाम लिभिङस्टोन अलराउन्डरको भूमिकामा अव्वल देखिनुभएको छ । तेज बलर क्रिस वोक्स गेम चेन्जर हुने सम्भावना पनि उत्तिकै छ ।
न्युजिल्यान्डको ब्याटिङले भने दबदबा बनाउन सकेको छैन । तर हरेक खेलमा न्युजिल्यानडले आप्mनो पालि नियन्त्रणमा राख्दै अगाडि बढाएको छ । सुरुमा मार्टिन गुप्टिल र डेरील मिचेल त्यसपछि मध्यक्रममा कप्तान केन विलियम्सन र डेभन कोन्वेमामा न्युजिल्यान्डको अपेक्षा रहनेछ । न्युजिल्यान्डको बलिङ खतरनाक छ । ट्रेन्ट बोल्ट पावर प्ले र डेथ ओभर तथा स्पीनर इश सोढीले पालिको मध्यभागमा ब्याट्सम्यानलाई चल्न दिनुभएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?