logo
२०८१ मंसिर ९ आईतवार



महिला टि २० क्रिकेटमा नेपालको कतारविरुद्ध एकपक्षीय जित

क्रिकेट |
खेलकुद |


महिला टि २० क्रिकेटमा नेपालको कतारविरुद्ध एकपक्षीय जित


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ३० गते । इन्दु वर्माको कीर्तिमान अर्धशतकीय पालिको सहयोगमा नेपालले मङ्गलबार पहिलो टि२० खेलमा घरेलु टिम कतारलाई ११९ रन ले नराम्ररी हराएको छ । यस जितसँगै तीन खेलको शृङ्खलामा नेपालले १–० ले अग्रता बनायो ।

दोहामा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १४६ रनको कठिन स्कोर तयार पारेको थियो । कतार जवाफमा ११.५ ओभरमा २७ रनमा समेटियो । कप्तान रुविना क्षेत्रीले मात्र एक रनमा तीन विकेट तथा कविता कुँवरले छ रनमा र सीता राना मगरले तीन रन खर्चेर दुई/दुई विकेट लिनुभयो । करुणा भण्डारीले पनि दुई ओभरमा दुई रन मात्र खर्चेर एक ब्याटरलाई आउट गर्नुभयो । कतारका लागि खाडिया इम्तियाज र एन्जेलिन मारेले बनाएको आठ÷आठ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो ।

यसअघि, नेपालको पालिमा इन्दु ४७ बलमा ५५ रन बनाएर रिटायर्ड हर्ट हुनुभयो । यस पालिपछि इन्दु महिला टी २० अन्तर्राष्ट्रियमा नेपालका लागि अर्धशतक बनाउने पहिलो क्रिकेटर बन्नुभएको छ ।

प्रारम्भिक ब्याटर तीन रमै आउट भएपछि क्रिजमा आएकी इन्दुले सीता राना मगरसँग दोस्रो विकेटको साझेदारीमा तेज गतिमा ८८ रन जोड्नुभएको हो । सीता ३३ बलमा ३९ रन बनाएर आउट हुनुभयो । इन्दु र सीता दुवैले पाँच÷पाँच चौका प्रहार गर्नुभयो । यी दुईले क्रिज छोडेपछि नेपालले अपेक्षाअनुरुप स्कोर भने बनाउन सकेन । नेपालकी कप्तान रुविना क्षेत्री भने शुन्यमा नै पवेलियन फर्कनुभयो भने । सरिता मगर २१ ब्लमा २१ रन बनाएर रनआउट हुनुभयो । कविता कुँवर १२ बलमा आठ रन बनाएर अविजित रहनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?