logo
२०८१ मंसिर ९ आईतवार



वुमन्स टी–२० विश्वकप छनोट : नेपाल टस जितेर ब्याटिङ गर्दै

क्रिकेट |
खेलकुद |


वुमन्स टी–२० विश्वकप छनोट : नेपाल टस जितेर ब्याटिङ गर्दै


काठमाडौं, मङ्सिर ६ गते । आइसिसी वुमन्स टी–२० विश्वकप एसियाली क्षेत्रको छनोट खेलमा सोमबार (आज) नेपालले हङकङसँग खेल्दैछ । दुबई ११ः१५ बजे सुरु भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको छ ।

पहिलो नेपाल सुखद नतिजा निकाल्ने दाउमा छ । हङकङ पनि नेपाललाई स्तब्ध पार्दै अघिल्लो चरणमा स्थान बनाउने योजनामा छ । ६ टोली सहभागी छनोट खेलको विजेता टोलीले सन् २०२३ मा आयोजना हुने विश्वकप छनोटमा स्थान बनाउनेछ ।

महिला टोलीले पहिलो पटक विश्वकप छनोट खेल्न लागेको हो । यदि समूह चरण पारगरेका नेपाली महिला टोलीको विश्वकप खेल्ने सपना सकार हुनेछ । नेपाली टोली कतारसँग तीन खेलको टी–२० सिरिज खेलेर दुबई पुगेको हो । सिरिजमा नेपालले कतारमाथि ‘क्लिनस्वीप’ गरेको थियो ।

नेपालले कतारसँग खेल्नुअघि बंगलदेशको क्रिरा शिक्षा प्रतिष्ठिानसँग पनि तीनवटा अभ्यास खेल खेलेको थियो । नेपाली महिला टोलीले यसअघि सन् २०१९ को टी–२० विश्वकप अन्तर्गत एसियाली क्षेत्रीय छनोटमा हङकङलाई चार विकेटले हराएको थियो । त्यसपछि नेपाल र हङकङ अहिले भिडेका हुन् ।

छनोटमा नेपाल र हङकङसहित यूएई, मलेसिया, भुटान र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल मङ्सिर ७ गते भुटान, मङ्सिर ९ गते कुवेत, मङ्सिर १० गते मलेसिया र मङ्सिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ । आइसिसी वुमन्स टी–२० विश्वकप एसियाली छनोट सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको प्रारम्भिक चरण हो ।

विश्वकपमा स्थान बनाउन नेपालले दुई छनोट खेल्नु पर्नेहुन्छ । एसियाली छनोटमा च्याम्पियन बन्ने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटमा नेपालसहित विभिन्न क्षेत्रबाट आएका पाँच टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली महिला टोली :
रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र संगीता राई ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?