logo
२०८१ मंसिर ९ आईतवार



महिला टी–२० विश्वकप छनोट : भुटानसँग खेल्दै नेपाल

क्रिकेट |
खेलकुद |


महिला टी–२० विश्वकप छनोट : भुटानसँग खेल्दै नेपाल


काठमाडौँ, मङ्सिर ७ गते । दुबईमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

छनोट चरण पारगर्न नेपाललाई अबका खेल जित्नुपर्ने दबाब छ । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगितामा पहिलो हारसँगै नेपालमाथि बाँकी खेल जित्दै जाने दबाब थपिएको हो । यता पहिलो खेलमा कुवेतलाई ४० रनले हर्राको भुटान लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

एसिया देशको छनोट स्पर्धामा नेपालसहित, हङकङ, यूएई, मलेसिया, भुटान र कुवेत सहभागी छन् । नेपालले तेस्रो खेल मङ्सिर ९ गते कुवेत, मङ्सिर १० गते मलेसिया र मङ्सिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली महिला टोलीले पहिलो पटक विश्वकप छनोट खेल खेलेको हो ।

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको प्रारम्भिक चरण हो । यस प्रतियोगितामा च्याम्पियन बन्ने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?