logo
२०८१ बैशाख १३ बिहीवार



महिला टी–२० विश्वकप छनोट : भुटानविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेट |
खेलकुद |


महिला टी–२० विश्वकप छनोट : भुटानविरुद्ध पहिले बलिङ गर्दै नेपाल


काठमाडौँ, मङ्सिर ७ गते । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध बलिङ गर्ने भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडेमी मैदानमा भुटानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

छनोट चरण पार गर्न नेपाललाई अबको खेल जित्नुपर्ने दबाब छ । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगितामा पहिलो हारसँगै नेपालमाथि बाँकी खेल जित्दै जाने दबाब थपिएको हो । यता पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको भुटान लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

मंगलबारनै भएको खेलमा घरेलु टोली युएईले हङकङलाई ११ रनले पराजित गरेको छ । हङकङ पराजित भएसँगै नेपाललाई अघिल्लो चरणमा पुग्न केही राहत पुग्ने देखिएको छ ।

शीर्षस्थानमा रहेर नेपाललाई ग्लोबल छनोटमा पुग्न हङकङले एक खेल हार्नुपर्ने समिकरण बनेको थियो । अब नेपालले बाँकी चारै खेलमा जित निकालेको खण्डमा शीर्षस्थान रहँदै ग्लोबल छनोटमा पुग्ने सम्भावना छ ।

एसिया देशको छनोट स्पर्धामा नेपालसहित, हङकङ, यूएई, मलेसिया, भुटान र कुवेत सहभागी छन् । नेपालले तेस्रो खेल मङ्सिर ९ गते कुवेत, मङ्सिर १० गते मलेसिया र मङ्सिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली महिला टोलीले पहिलो पटक विश्वकप छनोट खेल खेलेको हो ।

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको प्रारम्भिक चरण हो । यस प्रतियोगितामा च्याम्पियन बन्ने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?