logo
२०८१ मंसिर ८ शनिवार



पाकिस्तानलाई एक खेल अगावै सिरिज

क्रिकेट |
खेलकुद |


पाकिस्तानलाई एक खेल अगावै सिरिज


काठमाडौँ, मङ्सिर २९ गते । घरेलु टोली पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० आई क्रिकेट सिरिज एक खेल अगावै जितेको छ । कराँचीमा मंगलबार अबेर सम्पन्न दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई नौ रनले हरायो ।

यस जितसँगै पाकिस्तानले तीन खेलको सिरजमा २–० को अग्रता बनायो । पहिलो खेलमा पाकिस्तान ६३ रनले विजयी भएको थियो । अन्तिम खेल बिहीबार हुनेछ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३८ रन बनाउनुभयो । इफ्तिखर अहमदले ३२, हैदर अलीले ३१, शादव खानले अविजित २८ र फखार जमानले १० रन बनाउनुभयो । बलिङमा वेस्ट इन्डिजका ओडेन स्मिथले दुई विकेट लिनुभयो । अकिल हसन, ओशान थोमस, रोमारियो शेफर्ड र हेडन वाल्श जुनियरले एक एक विकेट झार्नुभयो ।

एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा सवै विकेटको क्षतिमा एक सय ६३ रनमा समेटिएको थियो । वेस्ट इन्डिजका ओपनर ब्रेन्डन किंगले सर्वाधिक ६७ रन बनाउनुभयो । रोमारियो शेफर्डले अविजित ३५, निकोलस पुरनले २६ र ओडेन स्मिथ १२ रन बनाउनुभयो ।

बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले तीन विकेट लिनुभयो । मोहम्मद वासिम जुनियर, मोहम्मद जुनियर र हरिस रौफले दुई दुई विकेट लिनुभयो । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?