logo
२०८१ मंसिर ८ शनिवार



यू–१९ एसिया कप क्रिकेट : नेपाल समूह ‘बी’ मा

क्रिकेट |
खेलकुद |


यू–१९ एसिया कप क्रिकेट : नेपाल समूह ‘बी’ मा


काठमाडौँ, मङ्सिर २९ गते । यू–१९ एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको तालिका अनुसार समूह ‘बी’ मा नेपालसँगै श्रीलङ्का, बङ्गलादेश र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

यू–१९ एसिया कप क्रिकेट डिसेम्बर २३ बाट युएईमा सुरु हुँदैछ । नेपाललाई तुलनात्मक रुपमा सजिलो समूह परेको छ । समूह ‘ए’ मा पाकिस्तान, भारत, अफगानिस्तान र युएई छन् ।

प्रतियोगितामा नेपालले पहिलो खेल डिसेम्बर २३ मा बङ्गलादेश, दोस्रो खेल डिसेम्बर २५ मा श्रीलङ्का र समूह चरणको अन्तिम खेलमा डिसेम्बर २८ तारिख कुवेतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल डिसेम्बर ३० तारिख हुनेछ ।

नेपालले यू–१९ एसिया कप क्रिकेटका लागि एकसाता अघिदेखि बन्द प्रशिक्षण समेत सुरु गरिसकेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई समावेश गरेर प्रशिक्षण सुरु गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?