logo
२०८१ मंसिर ८ शनिवार



यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

क्रिकेट |
खेलकुद |


यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा


काठमाडौँ, मङ्सिर २९ गते । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू–१९ एसिया कप खल्ने नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीको उपकप्तानमा शेर मल्ल हुनुहुन्छ । अन्य खेलाडीमा दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदील अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, वसिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी हुनुहुन्छ । टोलीको प्रशिक्षकमा बसन्त गिरी र ब्यवस्थापकमा धर्मराज गिरी हुनुहुन्छ ।

डिसेम्बर २३ बाट युएईमा सुरु हुने एसिया कपमा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपालसँगै श्रीलङ्का, बङ्गलादेश र कुवेत रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, भारत, अफगानिस्तान र युएई छन् ।

प्रतियोगितामा नेपालले पहिलो खेल डिसेम्बर २३ मा बंगलादेश, दोस्रो खेल डिसेम्बर २५ मा श्रीलंकार समूह चरणको अन्तिम खेलमा डिसेम्बर २८ तारिख कुवेतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल डिसेम्बर ३० र फाइनतल ३१ तारिखमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?