logo
२०८१ मंसिर ८ शनिवार



कारबाहीमा पुर्नविचार गर्न खेलाडीको माग

क्रिकेट |
खेलकुद |


कारबाहीमा पुर्नविचार गर्न खेलाडीको माग


काठमाडौँ, पुस १ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल सहित चारजना खेलाडीले आफूहरुमाथि नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीमा पुर्नविचार गर्न माग गर्नुभएको छ ।

क्यानले खेलाडी वर्गीकरणमाथि असहमति जनाएका कारण कप्तान मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको थियो । शुक्रबार पत्रकार सम्मेलन गरी ज्ञानेन्द्र मल्लले आफुहरुले सबै खेलाडीलाई वार्षिक वर्गीकरणमा समावेश गरियोस् भनेर जायज माग राख्दा गुटबन्दी गरिएको, अनुशासन बाहिर गएको लगायतका आरोप लगाउँदै कारबाही गरिएको गुनेसो गर्नुभयो ।

‘हामी संवादबाटै यस समस्याको निकास निस्कियोस् र हामीमाथि गरिएको कारबाहीबारे पुर्नविचार गरियोस् भन्ने चाहन्छौं । जायज माग राख्दा कारबाही हुन्छ भने ब्याट र बल थन्क्याउन पनि पर्न सक्छ,’ पत्रकार सम्मेलनमा मल्लले भन्नुभयो ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्रलाई कप्तान तथा दीपेन्द्रसिंहलाई उपकप्तानबाट हटाएको थियो । क्यानले राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने निर्णय पनि गरेको थियो । बैठकले कारबाहीमा परेका खेलाडीलाई सन् २०२२ को पहिलो ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाक्टमा समावेश नगर्ने समेत उल्लेख गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?