logo
२०८१ मंसिर ८ शनिवार



पीएम कप क्रिकेट : प्रदेक १ को विजयी सुरुवात

क्रिकेट |
खेलकुद |


पीएम कप क्रिकेट : प्रदेक १ को विजयी सुरुवात


धनगढी, पुस ३ गते । प्रदेश नम्बर १ ले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई एक सय ६१ रनले हरायो ।

टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ६६ रन बनाएको थियो । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अप्सरी बेगमले अर्धशतक पूरा गर्नुभयो ।

क्षेत्रीले ६४ बलमा १० चौकाको मद्दतले सर्वाधिक ७६ रन बनाउनुभयो । यसैगरी, बेगमले ६२ बलमा पाँच चौकाको सहयोगमा ६१ रन बनाउनुभयो । बलिङमा कर्णालीकी दीव्या धामीले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिनुभयो ।

एक सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेश १४.४ ओभरमा सबै विकेट गुमाएर ६ रनमा समेटिएको थियो । प्रदेश नम्बर १ को अगाडि निरिह देखिएका कर्णालीका सात खेलाडि शुन्य रनमा आउट हुनुभयो ।

कर्णालीलाई लज्जास्पद हार चखाउन प्रदेश नम्बर १ की अलिसा खादियाले पाँच विकेट लिनुभयो । उहाँ ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो । संगीता राईले दुई तथा सवनम राईले एक विकेट लिनुभयो । क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पतियोगिात ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेको छ । समूह ‘बी’ बाट नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्दैछन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?