logo
२०८१ मंसिर ८ शनिवार



नेपाली क्रिकेटलाई केल्मीको साथ

क्रिकेट |
खेलकुद |


नेपाली क्रिकेटलाई केल्मीको साथ


काठमाडौँ, पुस ४ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई केल्मी नेपालले प्रायोजन सहयोग गरेको छ । केल्मीले क्रिकेटको पुरुष र महिला राष्ट्रिय टोली, यू–१९ र यू–१६ राष्ट्रिय टोलीलाई खेल पोसाक लगायत सामग्री प्रायोजन सहयोग गरेको हो ।

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार केल्मीले क्यानलाई दुई बर्षको लागि खेलाडीले लगाउने जर्सी, ब्याग, ट्रयाकसुट, टोपी, जुत्ता लगायत सामग्री उपलब्ध गराउनेछ ।

क्यानले केल्मीको बजार प्रवद्र्धनमा सहयोग गर्ने बताईएको छ । केल्मीले यस बर्ष नेपालले खेल्ले १३ वटा टुरमा मात्र ६५ लाख रुपियाँ बराबरको सामग्री उपलब्ध गराउने निर्देशक न्यौपानेले बताउनुभयो । उहाँले नेपालको चर्चित खेल क्रिकेटसँग जोडिन पाउनु खुशीको क्षण भएको पनि बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विश्व प्रख्यात ब्राण्ड केल्मीले क्रिकेट खेलमा लगानी गर्नु खेलाडी र खेलको विकासका लागि ठूलो योगदान भएको बताउनुभयो । क्यानका अध्यक्ष चतुबहादुर चन्दले केल्मीको प्रायोजनले नेपाली क्रिकेटलाई थप उचाई दिने बताउनुभयो ।

केल्मीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीले लगाउने जर्सी समेत निर्माण गरेर उपलब्ध गराउने बताईएको छ । यसअघि तीनबर्ष नेपाली राष्ट्रिय फुटबल टोलीको प्रायोजन गरेको केल्मीले विभागीय टोलीको नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल भलिबल संघ लगायत संघ संस्थालाई पनि प्रायोजन सहयोग गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?