logo
२०८१ मंसिर ८ शनिवार



यू–१९ एसिया कप क्रिकेट : नेपाललाई बंगलादेशको विशाल लक्ष्य

क्रिकेट |
खेलकुद |


यू–१९ एसिया कप क्रिकेट : नेपाललाई बंगलादेशको विशाल लक्ष्य


काठमाडौँ, पुस ९ गते । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशसँग दुई सय ९८ रनको विशाल लक्ष्य पाएको छ । युएईको सारजाह क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको टेस्ट टोली बंगलादेशले ५० ओभरमा चार विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको छ ।

बंगलादेशका लागि प्रान्तिक नबिलले अविजित सतकीय पारी खेल्नुभयो । प्रान्तिकले एक सय २७ रन बनाउनुभयो । मोहमद फाहिमले ५८ र एच मोल्लहले २२ रन बनाउनुभयो । मेहरुव हसन र इफ्ताकर होसेनले समान २१-२१ र महफिजुल इस्लामले १७ रन बनाउनुभयो ।

बलिङमा नेपालका गुलशन झा, तिलक राजभण्डारी र मोहमद आदील आलमले एक एक विकेट लिनुभयो । एसिया कपमा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ बाट नेपालसँगै श्रीलंका, बंगलादेश र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ मा पाकिस्तान, भारत, अफगानिस्तान र आयोजक युएई रहेका छन् ।

नेपालले दोस्रो खेल डिसेम्बर २५ मा श्रीलंका र समूह चरणको अन्तिम खेलमा डिसेम्बर २८ तारिख कुवेतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल डिसेम्बर ३० र फाइनल खेल जनवरी १ तारिख हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?