logo
२०८१ मंसिर ८ शनिवार



एपीएफ र प्रदेश १ पीएम कप क्रिकेटको फाइनलमा

क्रिकेट |
खेलकुद |


एपीएफ र प्रदेश १ पीएम कप क्रिकेटको फाइनलमा


धनगढी, पुस १० गते । विभागीय टोली एपीएफ क्लब र प्रदेश १ धनगढीमा जारी प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । फाप्ला मैदानमा शनिबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ३८ रनले हरायो । प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्दै एपीएफले २० ओभरमा तीन विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । जवाफमा लुम्बिनीलाई ९१ रनमा रोक्दै एपीएफले फाइनलयात्रा तय गरेको हो । एपीएफका लागि रोमा थापाले अविजित ४२ रन बनाउनुभयो । ममता चौधरीले २७, सीता राना गरले १८, राजमती ऐरीले १४ र ज्योती पाण्डेयले ११ रन बनाउनुभयो । लुम्बिनीका मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले एक एक विकेट लिनुभयो ।

लुम्बिनी निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९१ रनमा समेटिएको थियो । लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ रन बनाउनुभयो । नितु भण्डारीले १८ रन जोडिन् । लुम्बिनीलाई रोक्न एपीएफकी रोमा थापाले तीन विकेट लिनुभयो ।

शनिबारै भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले दिएको ८६ रनको विजय लक्ष्य प्रदेश १ ले १६.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३१ रन बनाउनुभयो । काजल श्रेष्ठले २८ र अप्सरी बेगमले अविजित ९ रन बनाउनुभयो ।

सुदूरपश्चिमकी कविता जोशीले एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सात विकेट गुमाएर ८५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सम्झना खड्काले २७, कप्तान ऋतु कनौजियाले २५ र डोली भट्टले १२ रन बनाउनुभयो । प्रदेश १ की संगीता राई, ज्योति दनुवार, अलिशा खडिया र रुबिना क्षेत्रीले एक एक विकेट झार्नुभयो । प्रतियोगिताको विजेताले पाँच लाख र उपिवजेताको तीन लाख रुपियाँ पुरस्कार पाउनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?