logo
२०८१ मंसिर ८ शनिवार



यू–१९ एसिया कप क्रिकेट : नेपाललाई श्रीलंकाको विशाल लक्ष्य

क्रिकेट |
खेलकुद |


यू–१९ एसिया कप क्रिकेट : नेपाललाई श्रीलंकाको विशाल लक्ष्य


काठमाडौँ, पुस ११ गते । युएईमा जारी यू–१९ एसिया कप क्रिकेटमा नेपाललाई जितका लागि श्रीलंकाले तीन सय २३ रनको विशाल लक्ष्य दिएको छ । सारजाह क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा चार विकेटको क्षतिमा तीन सय २२ रन बनाएको छ ।

श्रीलंकाका लागि सदिशा राजपाक्षे र चामिन्दु विक्रमासिंगेले सतकीय पारी खेल्नुभयो । राजपाक्षेले एक सय ३१ र र विक्रमासिंगेले १ सय ११ रन बनाउनुभयो । कप्तान दुनिथ वेलालागेले अविजित ३४ र शेभोन डानिलले १७ रन बनाउनुभयो । बलिङमा नेपालका आदील आलमले दुई विकेट लिनुभयो । कप्तान देव खनाल र विवेक यादवले एक एक विकेट झार्नुभयो ।

समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा बंगलादेशसँग एक सय ५४ रनले पराजित भएको थियो । अंक बिहिन नेपाल अहिले समूहको पुछारमा छ । दुई अंक बनाएको श्रीलंका दोस्रो स्थानमा छ । समूह ‘बी’ मा नेपालसँगै छन् । समूहको अन्तिम खेलमा नेपालले मंगलबार कुवेतसँग खेल्नेछ ।

समूह ‘ए’ मा पाकिस्तान, भारत, अफगानिस्तान र आयोजक युएई रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल बिहीबार हुनेछ । फाइनल खेल शनिबार खेलिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?