logo
२०८१ मंसिर ८ शनिवार



क्रिकेट टोलीको कप्तान सन्दीप नै : पुबुदु

क्रिकेट |
खेलकुद |


क्रिकेट टोलीको कप्तान सन्दीप नै : पुबुदु


काठमाडौँ, पुस १५ गते । नेपाली राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायकेले क्रिकेट टोलीको प्रशिक्षक सन्दीप लामिछाने नै हुने बताउनु भएको छ ।

‘क्यान बोर्ड बैठकले गरेको निर्णय परिवर्तन गर्न म सक्दिन । सन्सार भर बोर्डको निर्णय नै मान्य हुन्छ । कप्तान हुनु र टोलीमा खेल्नु फरक विषय हो । सन्दीप एसोसिएट देशबाट विश्वभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनको क्षमतालाई विश्वले नियालिरहेको छ,’ मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुबुदुले भन्नुभयो ।

क्यानको बोर्ड बैठकले हालै मात्र टोलीका नियमित कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरी सन्दीपलाई कप्तानमा नियुक्त गरको थियो । क्यानले मल्ल र ऐरी सहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को सुरुको ६ महिना केन्द्रीय सम्झौतामा सहभागी नगराउने निर्णय समेत गरेको थियो ।

पत्रकार सम्मेलनका पुबुदुले आफुले क्यान पदाधिकारी र चारजना खेलाडीसँग गम्भीर छलफल गरेको पनि बताउनुभयो । ‘क्यानले खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको विषय समाधान गर्न तत्पर रहेपनि कप्तानको विषयमा गरेको निर्णय परिवर्तन गर्न चाहेको छैन,’ पुबुदुले भन्नुभयो । चारजना खेलाडीले भने आफुमाथि गरिएको कारबाहीमा पूर्नविचार गर्न माग गर्दै आएका छन् ।
पुबुदुले नेपाली क्रिकेटलाई फेरि विश्वकपमा लैजान आफुले सक्दो मिहेनत गर्नेपनि बताउनुभयो ।

‘दोस्रो पटक नेपाल आउन पाउँदा खुशी छु । पछिल्लो चार बर्षमा नेपाली क्रिकेट फरक भएको छ । सन् २०११ मा म पहिलो पटक नेपाल आउँदा नेपाल डिभिजन चारमा थियो । त्यतिवेला छुट्टै चुनौती थियो । अहिले नेपाल टी–२० र ओडीआई कन्ट्री भएको छ । खेलाडीको धेरै विकास भएको छ । धेरै खेलाडीले बाहिर गएर सकेका छन् । नयाँ खेलाडी आउनुभएको छ । अहिलेको चुनौती पहिलाको भन्दा फरक छ,’ पुबुदुले भन्नुभयो ।

उहाँले एक दुई दिनमै टी–२० विश्वकप ग्लोबल क्वालीफायरको प्रशिक्षण क्याम्प सुरु गर्ने पनि ताउनुभयो । ‘नेपाललाई फेरि विश्वकपमा पु¥याउनु मेरो लक्ष्य हुनेछ । पहिलाको भन्दा दुई सय प्रतिशत मिहेन गर्नेछौँ । नेपाली खेलाडीमा धेरै प्रतिभा छ । क्यानसँग मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाई दिन तयार छु,’ पुबुदुले भन्नुभयो । नेपालले यसअघि पुबुदुकै प्रशिक्षणमा सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो । 

क्यानका म्यानेजर विनोद दासले तत्काल केन्दीय सम्झौतामा हरेका १८ जना खेलाडी र विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी समेत ३० जना समावेश गरी तयारी सुरु गर्ने बताउनुभयो । उहाँले विश्वकप छनोट टी–२० फरम्याटको भएकोले क्यानले प्रधानमन्त्री कप पनि टी–२० फरम्याटको खेलाउन सरकारसँग आग्रह गरिएको जानकारी पनि दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री कप पुस २५ गतेदेखि सञ्चालन गर्ने तयारी भएको छ ।

उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत राष्ट्रिय टोलीमा स्थान बनाउने मौका मिल्ने बताईएको छ । अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने तयारीमा रहेको नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ । आईसीसीले हालै सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ए’ को छनोट खेल सन् २०२२ को फेब्रुअरी १५ देखि २५ तारिखसम्म ओमानमा हुनेछ । समूहमा नेपालसँगै ओमान, आयरल्यान्ड, यूएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा रहेका छन् ।

यसैगरी समूह ‘बी’ मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका रहेका छन् । समूह ‘बी’ को छनोट खेल जुलाई ८ देखि १८ तारिसम्म जिम्बावेमा हुनेछ । समूहको शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?