logo
२०८१ बैशाख १४ शुक्रवार



एपिएफ र लुम्बिनीलाई सफलता

क्रिकेट |
खेलकुद |


एपिएफ र लुम्बिनीलाई सफलता


काठमाडौँ, पुस २९ गते । विभागीय टोली एपिएफ क्लब र लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा सफलता हात पारेका छन् । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई दुई रनले हरायो ।

टियु मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले प्रदेश २ लाई ४२ रनले स्तब्ध बनायो । प्रतियोगितामा एपिएफको यो तेस्रो जित हो । लुम्बिनीको भने पहिलो जित हो । ९३ रनको लक्ष्य विजय लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ९० रन मात्र बनाउन सकेको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले १८.४ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन बनाएको थियो । जितसँगै तीन खेलबाट ६ अंक बनाएको एपिएफ सेमिफाइनल नजिक पुगेको छ ।

यसैगरी टियु मैदानमा एक सय ६२ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १९ रन बनाएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?