काठमाडौँ, माघ १० गते । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रुेम्समाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले रेम्सलाई ४–० गोलले हरायो ।
पीएसजीले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो । पीएसजीको जितमा मार्को भेराट्टीले ४४औँ मिनेटमा खाता खोल्नुभयो । ६२औँ मिनेटमा सर्जियो रामोसले गोल गर्दा पीएसजी अग्रता दोब्बर बनाउनुभयो । मार्को भेरार्टीले ६७औँ र डानिलोले ७५औँ मिनेटमा गोल गर्दै पीएसजीलाई सानदार जित दिलाउनुभयो ।
जितसँगै शीर्षटोली पीएसजीले २२ खेलबाट ५३ अंक बनाएको छ । पराजित रेम्स २४ अंकसहित १४औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको निसको ४२ अंक छ । आइतबार राति नै भएको खेलमा निसले मेट्जलाई २–० गोलले हराएको थियो । पराजित मेट्ज १९ अंकसहित १८औँ स्थानमा छ । एजेन्सी