logo
२०८१ मंसिर ८ शनिवार

 

 



वेस्ट इन्डिजका अकिलले तोड्नुभो सोमापालको विश्व कीर्तिमान

क्रिकेट |
खेलकुद |


वेस्ट इन्डिजका अकिलले तोड्नुभो सोमापालको विश्व कीर्तिमान


काठमाडौँ, माघ १० गते । नेपालका तीब्र गतिका बलर सोमपाल कामीको नाममा टी–२० क्रिकेटमा रहेको विश्व कीर्तिमान वेस्ट इन्डिजका स्पिनर अकिल हुसेनले तोड्नुभएको छ । सोमपालले आठ वर्षअघि टी–२० क्रिकेटमा १०औँ नम्बरमा ब्याटिङ गर्दै बनाएको सर्वाधिक रनको विश्व कीर्तिमान अकिलले तोड्नुभएको हो ।

अकिलले इङल्यान्डविरुद्ध दोस्रो टी–२० क्रिकेटमा १६ बलमा तीन चौका र चार छक्का हान्दै अविजित सर्वाधिक ४४ रनको कीर्तिमान बनाउनुभएको हो । यसअघि नेपालका सोमपालले सन् २०१४ मा हङकङविरुद्ध १०औँ नम्बरमा ब्याटिङ गर्दै ४० रनको विश्व कीर्तिमान बनाउनुभएको थियो । सोमपालअघि अफगानिस्तानका हमिद हसनले दक्षिण अफ्रिकाविरुद्ध सन् २०१० मा बनाएको २२ रन टी–२० अन्तर्राष्ट्रियमा १०औँ नम्बरका खेलाडीको व्यक्तिगत उच्च स्कोर थियो। 

अकिलले आक्रामक ब्याटिङ गरे पनि वेस्ट इन्डिज इङल्यान्डसँग एक रनले पराजित भयो । एक सय ७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७० रन बनायो । यसअघि टस हारेर पहिले ब्याटिङ थालेको इङल्यान्डले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । इङल्यान्डले रोमाञ्चक जित निकालेसँगै पाँच खेलको सिरिज १–१ को बराबरी भएको छ । तेस्रो खेल बुधबार खेलिनेछ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?