logo
२०८१ मंसिर ७ शुक्रवार



भारतलाई एक खेल अगावै सिरिज

क्रिकेट |
खेलकुद |


भारतलाई एक खेल अगावै सिरिज


काठमाडौँ, माघ २७ गते । घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगावै जितेको छ । अहमदाबादमा बुधबार राति भएको दोस्रो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ४४ रनले हरायो । यससँगै भारतले सिरिज २–० ले जितेको छ । पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

भारतले दिएको दुई सय ३८ रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४६ ओभरमा सवै विकेटको क्षतिमा एक सय ९३ रनमा समेटिएको थियो । वेस्ट इन्डिजका लागि शम्राह ब्रुक्सले सर्वाधिक ४४ रन बनाउनुभयो । अकिल होसेनले ३४, साइ होपले २७, ओडिन स्मिथले २४, ब्रेन्डन किंगले १८ र फावियन एलेनले १३ बनाउनुभयो ।

बलिङमा भारतका प्रसिद्ध कृष्णले चार विकेट लिनुभयो । शार्दुल ठाकुरले दुई तथा मोहम्मद शिराज, युजभेन्द्र चहल, वासिन्टन सुन्दर र दीपक हुडाले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३७ रन बनाएको थियो ।

भारतका लागि सूर्यकुमार यादवले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो। केएल राहुलले ४९, दिपक होडाले २९, वासिङटन सुन्दरले २४, विराट कोहली र ऋषव पन्तले समान १८ र युजभेन्द्र चाहलले अविजित ११ रन बनाउनुभयो । वेस्ट इन्डिजका अल्जारी जोसेप र ओडिन स्मिथले दुई दुई विकेट लिनुभयो । केमार रोच, अकिल हुसैन, जेसन होल्डर र फावियन एलेनले एक एक विकेट लिनुभयो । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?