logo
२०८१ मंसिर ७ शुक्रवार



सन्दीप टी–२० मा ५० विकेट लिने पहिलो नेपाली

क्रिकेट |
खेलकुद |


सन्दीप टी–२० मा ५० विकेट लिने पहिलो नेपाली


काठमाडौँ, फाल्गुन २ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टी–२० क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । ओमानमा जारी टी–२० सिरिज अन्तर्गत सोमबार आयरल्यान्डविरुद्ध विकेट लिएपनि सन्दीपले ५० विकेटको कीर्तिमान पूरा गर्नुभएको हो ।

सन्दीपले २९ खेलमा ब्यक्तिग ५० विकेटको लिनुभएको छ । उहाँ टी–२० मा सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै तेस्रो क्रिकेटर पनि बन्नुभएको छ । सर्वाधिक ५० विकेट लिने खेलाडीमा श्रीलंका पूर्व स्पिनर अजन्था मेन्डिस र आयरल्यान्डका बलर मार्क आदिर हुनुहुन्छ । अजन्थाले २६ खेलमा र मार्कले २८ खेलमा ५० विकेट लिनुभएको थियो ।

यसैबीच खेलमा आयरल्यान्डले नेपाललाई जितका लागि एक सय २८ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको छ ।

आयरल्यान्डका जर्ज डोकरेलले २८ रन, कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४ र एन्डी माइकब्राइनले ११ रन बनाउनुभयो । बलिङमा नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक चार विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएको उहाँले २१ रन मात्र खर्चिनुभएको थियो । अविनाश बोहराले दुई तथा सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले एक एक विकेट लिनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?