काठमाडौँ, फागुन ३ गते । नेपाल आईसीसीको टी–२० वरीयतामा एक स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १३औँ स्थानमा छ । यसअघि १२औँ स्थानमा रहेको नेपालल एक स्थान तल झरेको हो ।
सोमबार मात्र ओमानमा सम्पन्न चारदेशीय टी–२० सिरिजको तीन खेलमध्ये नेपालले दुई खेलमा पराजित भएको थियो । यसले पनि नेपालको वरीयता खस्किएको हो । सिरिज जितेको यूएई १२औँ स्थानमा उक्लिएको छ । नेपालसँग सिरिज खेलेको आयरल्यान्ड १५औँ र ओमान १८औँ स्थानमा छ । वरीयताको शीर्षस्थानमा इङ्ल्यान्ड छ । भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ । एकदिवसीय वरीयतामा भने नेपाल १६औँ स्थानमा छ ।