logo
२०८१ मंसिर ७ शुक्रवार



टी–२० विश्वकप छनोट टोलीको घोषणा

क्रिकेट |
खेलकुद |


टी–२० विश्वकप छनोट टोलीको घोषणा


काठमाडौँ, फाल्गुन ३ गते । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा शुक्रबारदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा लागि नेपाल क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले मंगलबार अबेर ओमानमा रहेको १७ खेलाडीबाट अन्तिम १४ सदस्सीय टोलीको घाषणा गरेको हो ।

प्रशिक्षक पुबुदु दासानायेके र राष्ट्रिय क्रिकेट टिमको छनोट समितिको बैठक पछि टोलीको घोषणा गरिएको हो। टोलीमा ओमान भ्रमणमा रहेका १७ जना खेलाडी मध्ये करण केसी, कुशल मल्ल, शाहब आलम र प्रदिप ऐरीलाई बाहिर राखिएको छ। करण ढाडको समस्याका कारण खेल्न नसक्ने भएपछि टोलीबाट बाहिरिनुभएको हो । उहाँको स्थानमा फास्ट बलर गुलसन झालाई राखिएको छ। नेपालमै रहनुभएका गुलसन भिषा प्रक्रिया पूरा गरेर ओमान जाने क्यानले जनाएको छ ।

ओमान भ्रमणमा रहनुभएका प्रदिप ऐरी, शाहब आलम र कुशल मल्ललाई रिजर्भ खेलाडीको रुपमा राखिएको छ । छनोट खेलमा नेपालले शुक्रबार फेब्रुअरी १८ तारिख ओमानसँग खेल्नेछ । १९ तारिख फिलिपिन्स र २१ तारिखमा क्यानडासँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जितेर फाइनलमा पुग्ने टोलीले यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो ।

नेपाली टोली :

कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलसन झा ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?