logo
२०८१ मंसिर ७ शुक्रवार



एभरेस्ट र सत्यवतीको दोस्रो जित

क्रिकेट |
खेलकुद |


एभरेस्ट र सत्यवतीको दोस्रो जित


काठमाडौँ, फागुन ४ गते । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) विद्यालय स्तरीय यू–१९ क्रिकेट प्रतियोगिताको दोस्रो दिन बुधबार एभरेस्ट एकेडेमी र सत्यवती एकेडेमी अत्तरिया विजयी भएका छन्। प्रतियोगितामा दुवै टोलीको लगातार दोस्रो जित हो ।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले हरायो । सैनिक आवासीय माविले दिएको १०४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १०३ रन बनाएको थियो। गोविन्द बिस्ट ‘प्लेयर अफ दि म्याच’ हुनुभयो ।

अर्को खेलमा सत्यवती एकेडेमीले बिद्याभुसन पब्लिक स्कुललाई चार विकेटले स्तब्ध बनायो । विद्याभुसनले दिएको १२२ रनको विजयी लक्ष्य सत्यवतीले १६ ओभरमा भेट्टाएको थियो । यसअघि टस जितेर ब्याटिंग गरेको विद्याभुसनले १९.१ ओभरमा सवै विकेटको क्षतिमा १२१ रन बनएको थियो। सन्तोष कार्की खेलको ‘प्लेयर अफ दि म्याच घोषित हुनुभयो।

प्रतियोगितामा १० टोलीमो सहभागिता छ । प्रतियोगिताको विजेता टोलीलाई १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । उत्कृस्ट खेलाडीलाई २० हजार तथा उत्कृस्ट ब्याट्सम्यान र बलरलाई जनही १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?