logo
२०८१ मंसिर ७ शुक्रवार



पहिलो टी-२० मा भारतको सहज जित

क्रिकेट |
खेलकुद |


पहिलो टी-२० मा भारतको सहज जित


काठमाडौँ, फागुन ५ गते । वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० क्रिकेटमा भारतले सहज जित निकालेको छ । कोलकत्तामा बुधबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो । यससँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

वेस्ट इन्डिजले दिएको एक सय ५८ रनको विजय लक्ष्य भारतले १८.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४० रन बनाउनुभयो । इशान किशनले ३५, सूर्यकुमार यादवले अविजित ३४, भेन्कातेस आयरले अविजित २४ र विराट कोहली १७ रन बनाउनुभयो । वेस्ट इन्डिजका रोस्टन चेसले २ विकेट लिनुभयो। शेल्डन कटरेल र फबिएल एलनले एक एक विकेट झार्नुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले सर्वाधिक ६१ रन बनाउनुभयो । केली मेयर्सले ३१, कप्तान केइरन पोलार्डले अविजित २४ र अकिल होसेनले १० रन जोड्नुभयो । भारतका हर्सल पटेल र रबि बिश्नोईले दुई दुई तथा भुवनेश्वर कुमार, दीपक चाहर र युजभेन्द्र चहलले एक एक विकेट लिनुभयो । दोस्रो खेल शुक्रबार हुनेछ । एजेन्सी 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?