काठमाडौँ, फागुन ६ गते । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अल अमरेत क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाली टोली पहिले ब्याटिङ गर्न बाध्य भएको हो ।
ओमानविरुद्ध नेपालको प्लेइङ–११
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम ।