logo
२०८१ मंसिर ७ शुक्रवार



नेपालद्वारा ओमानलाई एक सय १८ रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


नेपालद्वारा ओमानलाई एक सय १८ रनको लक्ष्य


काठमाडौँ, फाल्गुन ६ गते । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई एक सय १८ रनको विजय लक्ष्य दिएको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १७ रन बनायो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाउनुभयो । उहाँले ३७ बलमा दुई चौकाको सहयोगमा उक्त रन बनाउनुभएको थियो । कप्तान सन्दीप लामिछानेले अविजित १६ रन बनाउनुभयो । सात बलको सामना गर्नुभएको सन्दीपले एक छक्का र एक चौका हान्नुभएको थियो । यसैगरी लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५ र दिपेन्द्रसिंह ऐरीले ११ रन बनाउनुभयो ।

नेपालका ओपनद्वय कुशल भुर्तेल पाँच र आरिफ शेख चार रन जोड्दै बाहिरिएपछि नेपाल दबाबमा परेको थियो । बलिङमा ओमानका खवार अलीले सर्वाधिक तीन विकेट लिनुभयो । विलाल खानले दुई तथा फयाज बट र जिसन मक्सोदले एक एक विकेट लिनुभयो । खराब ब्याटिङ गरेको नेपाललाई जित निकाल्न अब बलिङमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?