logo
२०८१ मंसिर ७ शुक्रवार



क्यानडाको सानदार जित

क्रिकेट |
खेलकुद |


क्यानडाको सानदार जित


काठमाडौँ, फागुन ६ गते । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा क्यानडाले सानदार विजयी सुरुवात गरेको छ । ओमानमा शुक्रबार भएको समूह चरणको आफ्नो पहिलो खेलमा क्यानडाले फिलिपिन्सलाई एक सय १८ रनले हरायो ।

क्यानडाले दिएको दुई सय १७ रनको विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धाारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९८ रनमा समेटिएको थियो । फिलिपिन्सका लागि ड्यानियल स्मीथले सर्वाधिक ३५ रन बनाउनुभयो । कपिल कुमारले २३ र विमल कुमारले १५ रन बनाउनुभयो ।

बलिङमा क्यानडाका कलिम साना र साद विन जफरले दुई दुई विकेट लिनुभयो । जुनैद सिद्धिकीले एक विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ओभरमा एक विकेटको क्षतिमा दुई सय १६ रन बनाएको थियो । क्यानाडाका म्याथ्यू स्पुर्स अविजित एक सय आठ रन बनाउनुभयो ।

६६ बलको सामना गर्नुभएका स्पुर्सले १४ चौका तीन छक्का हान्नुभएको थियो । रायन पठानले ७३ र कप्तान नवनित ढालिवालले २६ रन बनाउनुभयो । बलिङमा फिलिपिन्सका विकेट हुजैफा मोहमदले एक विकेट लिनुभएको थियो । समूहमा नेपाल सहित क्यानडा, फिलिपिन्स र आयोजक ओमान छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?