logo
२०८१ मंसिर ७ शुक्रवार



फिलिपिन्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

क्रिकेट |
खेलकुद |


फिलिपिन्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौँ, फाल्गुन ७ गते । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट ‘ए’ अन्तर्गत फिलिपिन्सविरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ सुरु हुन लागेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको हो । टस जितेको फिलिपिन्सले फिल्डिङ रोजेको छ ।

फिलिपिन्सविरुद्ध नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले तीव्र गतिका बलर गुलशन झालाई डेब्युको मौका दिएको छ । यसअघि घाइते हुनुभएका शरद भेषावकरको स्थानमा कुशल मल्ललाई खेलाएको छ । नेपालले पहिलो खेलमा धारिलो बलिङ गर्दै घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । आज फिलिपिन्सलाई हराएमा नेपालको सेमिफाइनल यात्रा तय हुनेछ ।

फिलिपिन्सविरुद्ध नेपालको प्लेइङ ११ 

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुलशन झा रअभिनाश बोहरा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?