logo
२०८१ मंसिर ७ शुक्रवार



फिलिपिन्सलाई दियो नेपालले दुई सय १९ रनको विशाल लक्ष्य

क्रिकेट |
खेलकुद |


फिलिपिन्सलाई दियो नेपालले दुई सय १९ रनको विशाल लक्ष्य


काठमाडौँ, फागुन ७ गते । ब्याटिङमा ओपनर कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा फिलिपिन्सलाई जितका लागि दुई सय १९ रनको विशाल लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय १८ रन बनाएको छ । नेपालका लागि कुशल भुर्तेलले अविजित एक सय चार, दीपेन्द्रसिंह ऐरीले ८३, कुशल मल्लले १२ र लोकेश बमले अविजित ६ रन बनाउनुभयो । कुशलले ६१ बलमा १३ चौका र एक छक्काको सहयोगमा शतकीय पारी खेल्नुभएको हो ।

ऐरीले ४७ बलमा ६ चौका र चार छक्काको सहयोगमा ८३ रन बनाउनुभएको थियो । ओपनर आरिफ शेख शून्य रनमा आउट हुनुभयो । बलिङमा फिलिपिन्सका डानियल स्मिथ, मिडी पोडोस्की र गुर्भुपिन्डर चोहानले एक एक विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?