logo
२०८१ मंसिर ७ शुक्रवार



क्यानडालाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

क्रिकेट |
खेलकुद |


क्यानडालाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य


काठमाडौँ, फाल्गुन ८ गते । ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र क्यानडाबीचको खेल अपरान्ह ३ः४५ बजे सुरु हुनेछ ।

अघिल्ला दुई खेलमा जित निकालेको नेपाल क्यानडालाई हराउँदै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ । क्यानडालाई हराएमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको थियो ।

नेपाल समूह चार अंक सहित शीर्षस्थानमा छ । क्यानडा र ओमानको दुई दुई अंक छ । फिलिपिन्सले खाता खोल्न सकेको छैन । क्यानडासँग पराजित भएपनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । नेपालको नेटरनरेट ४.३७५ छ । समूह विजेताको रुपमा सेमिफाइलमा पुग्न नेपालले क्यानडालाई हराउनुपर्छ ।

हारेपनि ठूलो अन्तरको हार नखेप्दा नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ । यदि क्यानडाले फराकिलो रनले नेपाललाई हराएमा क्यानडा अंक तालिकामा नेपालभन्दा माथि हुनेछ । क्यानडाको रनरेट २.५१२ छ । अर्को खेलमा फिलिपिन्सले ओमानलाई हराएमा नेपाल ठूलो अन्तरले पराजित भएपनि सेमिफाइनलमा पुग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?