logo
२०८१ मंसिर ७ शुक्रवार



टस हारेर फिल्डिङ गर्दै नेपाल

क्रिकेट |
खेलकुद |


टस हारेर फिल्डिङ गर्दै नेपाल


कठमाडौँ, फाल्गुन ९ गते । ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । ओमान क्रिकेट एकेडेमी मैदान-१ मा सञ्चालन हुन लागेको खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने मौका पाएको छ ।

क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाली टोलीका आज एक जना परिवर्तन भएको छ । तीव्र गतिका बलर कमलसिंह ऐरी टोलीमा रहँदा गुलशन झाले आराम पाउनुभएको छ । नेपाल क्यानडालाई हराएर समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुग्ने योजनामा छ । नेपाल समूह ‘बी’ को विजेता बनेमा सेमिफाइनलमा ‘ए’ को उपविजेता यूएई र उपविजेत बनेका उमूह ‘ए’ को विजेता आयरल्यान्डसँग खेल्नेछ ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुनेछ । क्यानडा पनि नेपाललाई हराएर सेमिफाइनलमा पुग्ने दाउमा छ । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको थियो ।

क्यानडाविरुद्ध नेपालको प्लेइङ ११
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?