logo
२०८१ मंसिर ७ शुक्रवार



आईसीसी टी-२० विश्वकप छनोट : नेपाललाई क्यानडाको ८१ रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


आईसीसी टी-२० विश्वकप  छनोट : नेपाललाई क्यानडाको ८१ रनको लक्ष्य


काठमाडौँ, फाल्गुन ९ गते । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई क्यानडाले ८१ रनको विजयी लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी मैदान-१ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सवै विकेटको क्षतिमा ८० रन बनायो ।

नेपालको धारिलो बलिङको सिकार बनेको क्यानडा ब्याटिङमा जम्न सकेन । क्यानडाका लागि डिलोन हेलिगरले अविजित सर्वाधिक २४ रन बनाउनुभयो, कप्तान नवनित ढालिवालले १८, ओपनर रायन पठानले १४ र सलमान नाजरले १० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

क्यानडालाई सस्तैमा रोक्न बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । कमल ऐरी र अभिनास बोहोराले दुई दुई तथा कुशल मल्लले एक एक विकेट झार्नुभयो क्यानडाविरुद्ध को खेलमा नेपाली टोलीका आज एक जना परिवर्तन भएको छ । तीव्र गतिका बलर कमलसिंह ऐरी टोलीमा रहँदा गुलशन झाले आराम पाउनुभएको छ ।

नेपाल क्यानडालाई हराएर समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुग्ने योजनामा छ । नेपाल समूह ‘बी’ को विजेता बनेमा सेमिफाइनलमा ‘ए’ को उपविजेता यूएई र उपविजेत बनेमा उमूह ‘ए’ को विजेता आयरल्यान्डसँग खेल्नेछ ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुनेछ । क्यानडा पनि नेपाललाई हराएर सेमिफाइनलमा पुग्ने दाउमा छ । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?