logo
२०८१ मंसिर ७ शुक्रवार



टस हारेर पहिले बलिङ गर्दै नेपाल

क्रिकेट |
खेलकुद |


टस हारेर पहिले बलिङ गर्दै नेपाल


काठमाडौँ, फाल्गुन १२ गते । आईसीसी टी–२० विश्वकप छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानमा लागि अहिले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अल अमेरत क्रिकेट मैदानमा नेपालले पहिले बलिङ गरिरहेको छ । टस जितेको ओमानले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपाल र ओमानले सेमिफाइनलमा पराजित भएपछि तेस्रो स्थानका लागि खेलेका हुन् । ओमानविरुद्ध नेपालले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको स्थानमा स्पिनर सागर ढकाललाई मौका दिएको छ । उपाधिको लागि आजै आयरल्यान्ड र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । फाइनलमा पुगेका आयरल्यान्ड र यूएईले यसै बर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपको ढोका खोलिसकेको छ ।

ओमानविरुद्ध नेपालको प्लेइङ ११

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कमलसिंह ऐरी, सागर ढकाल, विवेक यादव र अभिनाश बोहोरा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?