logo
२०८१ मंसिर ७ शुक्रवार



एलपीएलको सेमिफाइनल समीकरण पूरा

क्रिकेट |
खेलकुद |


एलपीएलको सेमिफाइनल समीकरण पूरा


काठमाडौँ, फाल्गुन १२ गते । धनगढी मेयर लिटल फ्लार प्रिमियर लिग (एलपीएल) विद्यालय स्तरीय यू–१९ टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुलले होलिल्याण्ड स्कुल अत्तरियालाई ८० रनले हरायोे ।

शारदा रन रेटमा होलिल्याण्ड र एभरेस्ट एकेडेमीलाई पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो । शारदा सम्मिलित समूहबाट ह्वाइट हाउस समूह विजेता बनेर आठ अङ्कसहित सेमिफाइनलमा पुगेको छ । शारदाको चार अङ्क छ । समूह ‘बी’ बाट विद्याभूषणलाई रनरेटमा पछि पार्दै सत्यवती समूह विजेता र विद्याभूषण समूह उपविजेता बनेर सेमिफइनल पुगेको छ । दुबै टिमको समान ६/६ अङ्क छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । एक सय ९७ रनको विशाल विजयी लक्ष्य पछ्याएको होलिल्याण्डले १५.२ ओभरमा सबै विकेट गुमाएर एक सय १६ रनमा समेटियो । सेमिफाइनल शुक्रबार हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?