logo
२०८१ बैशाख २१ शुक्रवार



झापा गोल्ड कपमा आर्मी च्याम्पियन

खेलकुद |
फुटबल |


झापा गोल्ड कपमा आर्मी च्याम्पियन


बिर्तामोड, फागुन ३० गते । पाँचौँ संस्करणको झापा गोल्ड कप फुटबलको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनलमा आर्मीले घरेलु टोली झापा-११ लाई २-१ गोलले हरायो ।

साविक विजेता आर्मीले उपाधिको समेत रक्षा गरेको हो । आर्मीको यो चौथो उपाधि हो । आर्मीलाई च्याम्पियन बनाउन टेकबहादुर बुढाथोकीले १८औँ र जर्ज प्रिन्स कार्कीले २१औँ मिनेटमा गोल गर्नुभयो । झापाका विमल घर्तीमगरले २४औँ मिनेटमा गोल गर्नुभएको थियो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न नसक्दा आर्मी च्याम्पियन भयो ।

उपाधिसँगै आर्मीले १२ लाख ५५ हजार रुपियाँ पुरस्कार पायो । झापाले ६ लाख पाँच हजार रुपियाँमा चित्त बुझायो । यसैबीच झापाका फरवार्ड विशाल राई ‘ए’ लाई झापा-११ ले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ । राईलाई मोटर साइकल सहित यस अवार्ड प्रदान गरिएको हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?