logo
२०८१ जेष्ठ ६ आईतवार



टस हारेपछि नेपाल बलिङ गर्दै

क्रिकेट |
खेलकुद |


टस हारेपछि नेपाल बलिङ गर्दै


काठमाडौँ, चैत २ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग पहिले बलिङ गर्ने भएको छ । टस हारेपछि नेपालले बलिङ गर्न लागेको हो । यूएई स्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेको पीएनजीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

लिग–२ मा नेपाल पीएनजीलाई हराएर अंका तालिकामा दुई अङ्क थप्ने लक्ष्यमा छ । पीएनजी पनि लिग–२ मा पहिलो जित निकाल्ने दाउमा छ । नेपालका लागि पीएनजी तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी हो । नेपालले पीएनजीसँग यसअघि दुईवटा एकदिवसीय खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो ।

लिग–२ मा नेपालले यसअघि खेलेको आठ खेलमा चार जित र चार हार खेपेको छ । आठ अङ्क बनाएको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ । सात टोली सम्मिलित लिग–२मा १३ खेल खेल्दा जितविहीन पीएनजी तालिकाको अन्तिममा छ । यसै खेलबाट सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा पनि कप्तानको डेब्यु गर्नुभएको छ । यस खेलबाट युवा स्पिनर सागर ढकालले नेपालका लागि एकदिवसीयमा डेब्यु गर्नुभएको छ ।

पीएनजीविरुद्ध नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेट किपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, करण केसी, रोहितकुमार पौडेल, सागर ढकाल र सोमपाल कामी ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?