logo
२०८१ जेष्ठ ६ आईतवार



नेपाललाई दुई सय पाँच रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


नेपाललाई दुई सय पाँच रनको लक्ष्य


काठमाडौँ, चैत २ गते । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई दुई सय पाँच रनको विजय लक्ष्य दिएको छ । यूएईको सारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनायो ।

पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रन बनाउनुभयो । चद सोपरले ३५, ओपनर टोनी उराले २७, लेगा सियकाले २५, नोरमान भानुले २३ र असद भालाले १९ रन बनाउनु भयो । बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?