logo
२०८१ मंसिर ६ बिहीवार



नेपाललाई यूएईको २०३ रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


नेपाललाई यूएईको २०३ रनको लक्ष्य


काठमाडौँ, चैत ७ गते । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा घरेलु टोली यूएईले नेपालालाई जितका लागि दुई सय तीन रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पहिलो ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय दुई रन बनाएको छ ।

यूएईका लागि रोहन मेस्ताफाले सर्वाधिक ६० रन बनाउनुभयो । ओपनर मोहमद वासिमले ३३, चिराग सुरीले २६, वित्य अरवृन्दले २४, अलिसान सर्फुले २१ र बसेल हमिदले १७ रन बनाउनुभयो । बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनभयो । सोमपाल कामी र करण केसीले दुई दुई तथा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक एक विकेट झार्नुभयो ।


यूएईविरुद्ध नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ । नेपालले युवा ओपनर आसिफ शेख, तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई आज बेन्चमा राखेको छ । आज विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सरार्फलाई मौका दिएको छ ।

नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले हराएको थियो । दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । यूएईले भने पहिलो खेलमा पीएनजीलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा पीएनजीसँग ६ विकेटले पराजित भएको थियो । नेपाल अहिले लिगको १० खेलमा पाँच जित, पाँच हारसहित १० अंक जोड्दै छैटौं स्थानमा छ । १७ खेल सकेको यूएई २० अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

यूएईविरुद्ध नेपालको प्लेइङ-११

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित पौडेल, विक्रम सोब र सोमपाल कामी ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?