logo
२०८१ बैशाख २४ सोमवार



नेपाललाई पीएनजीले दियो १७४ रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


नेपाललाई पीएनजीले दियो १७४ रनको लक्ष्य
तस्बिर नेपाल क्रिकेट संघ क्यान


काठमाडौं, चैत ८ गते । आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अन्तर्गत मङ्गलबारको खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ ।

यूएई क्रिकेट रङ्गशालामा नेपालले टस जितेर पहिलो बलिङको निर्णय गरेपछि सुरुमा ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको हो ।

पीएनजीलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई-दुई विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी र पवन सर्राफले नेपालका लागि समान एक-एक विकेट लिनुभयो ।

पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाउनुभयो। नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ । नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको थियो । दोस्रो खेलमा यूएईसँग ४८ र तेस्रो खेलमा यूएईसँगै ९९ रनले पाराजित भएको नेपालले मङ्गलबार चौंथो खेल खेल्दै छ । अघिल्लो खेलमा पीएनजीमाथि रोमान्चक जित निकालेको नेपाल पीएनजीलाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?