logo
२०८१ बैशाख २५ मंगलवार



महिला क्रिकेटमा गण्डकी र बागमती विजयी

क्रिकेट |
खेलकुद |


महिला क्रिकेटमा गण्डकी र बागमती विजयी


धनगढी, चैत ८ गते । कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार गण्डकी र बागमती प्रदेश विजयी भएका छन् । पहिलो खेलमा गण्डकीले प्रदेश नम्बर एक लाई १५ रनले हरायो ।

टस जितेर ब्याटिङ थालेको उसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ४९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । तर ५० रनको लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको प्रदेश नम्बर एक ३४ रनमै अलआउट हुनपुग्यो ।

उसका अञ्जली शाहले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहरो अंक छुन सकेनन् । बलिङतर्फ गण्डकीकी कुसुम गोदर र ज्योत्सनिका मरासिनीले ३/३ तथा मनीषाउपाध्याय र निरु घर्तीले २/२ विकेट लिनुभयो ।

यसअघि गण्डकीको ब्याटिङ पनि राम्रो रहन सकेन । उसका पनि कुनै ब्याटरले दोहरो अंक छुन सकेनन् । बलिङतर्फ प्रदेश एककी ज्योति जनवारले तीन विकेट लिनुभयो । अर्को खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई १८ रनले हरायो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बागमतीले २० ओभरमा चार विकेट गुमाएर १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङ थालेको लुम्बिनी १६.४ ओभरमै ८३ रन बनाएर अलआउट हुनपुग्यो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेताले पाँचलाख र दोस्रो हुनेले तीन लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?