logo
२०८१ बैशाख २१ शुक्रवार



यू–१९ महिला क्रिकेट : कर्णाली फाइनलमा

क्रिकेट |
खेलकुद |


यू–१९ महिला क्रिकेट : कर्णाली फाइनलमा


धनगढी, चैत १० गते । कर्णाली प्रदेश धनगढीमा जारी मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई नेट रन रेटमा पछि पार्दै फाइनल प्रवेश गरेको हो ।

सुदूरपश्चिमले बिहीबार बागमती प्रदेशलाई ६ विकेटले हराउँदै कर्णालीसँग अंक बराबरी गरेको थियो । तर नेट रन रेटमा कर्णालीसँग पछि परेको सुदूरपश्चिम उपाधि होडबाट बाहिरिएको छ । सुदूरपश्चिमले बागमतीमाथि ६ विकेटको जित दर्ता ग¥यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले १८.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८२ रन बनाएको थियो । ८३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ११ ओभरमै चार विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरपश्चिमको जितमा सावित्री धामीले अविजित २३ र यशोदा विष्टले अविजित १८ रन बनाउनुभयो ।

यसअघि बागमतीका लागि हेलिशा गुरुङले २२ बनाउनुभयो । सुदूरपश्चिमका स्नेहा महरा, अनु खडायत र यशु पाण्डेयले समान २/२ विकेट लिनुभयो । उपाधिका लागि कर्णालीले शुक्रबार गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?