logo
२०८१ फाल्गुन ४ आईतवार



नेपाललाई पीएनजीले दियो २९३ रनको चुनौती

क्रिकेट |
खेलकुद |


नेपाललाई पीएनजीले दियो २९३ रनको चुनौती
फाइल तस्बिर


काठमाडौं, चैत ११ गते। पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई २९३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रन बनाएको हो।

नेपालविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पीएनजीले पहिलो पटक सर्वाधिक रन बनाएको हो। ब्याटिङमा व्यापक सुधार गर्नुपर्ने दबाबमा रहेको नेपालका लागि यो फराकिलो चुनौती हो ।

त्रिवि मैदानमा पीएनजीका दुई खेलाडीले अर्धशतक पूरा गरे। चाल्र्स अमिनीले ७७ रन बनाउँदा कप्तान असद भालाले ६० रन बनाउनुभयो। पीएनजीका लागि नोरमान भानुअले ४७, टोनी उराले ३८, रिले हेकुरेले ३१ रन बनाउनुभयो भने जासन किलले १३ रन जोड्नुभयो।

शुक्रबारको खेलमा बलिङमा कमजोर देखिएको नेपालका लागि कमल ऐरी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले समान दुईदुई विकेट लिनुभयो। कप्तान सन्दीप लामिछाने र आरिफ शेखले भने एकएक विकेट लिनुभयो।

केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्दैछ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?