logo
२०८१ बैशाख २१ शुक्रवार



नेपाल पीएनजीसँग ६ रनले पराजित : रोहितको कीर्तिमानी शतक

क्रिकेट |
खेलकुद |


नेपाल पीएनजीसँग ६ रनले पराजित : रोहितको कीर्तिमानी शतक
तस्बिर: नेपाल क्रिकेट संघ


काठमाडौं, चैत ११ गते। नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपाल पराजित भएको छ।

शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा रोहितले कीर्तिमानी शतक प्रहार गर्नुभएको हो। यो नेपालका लागि दोस्रो एकदिवसीय शतक हो। पीएनजी विरुद्धको खेलमा पौडेलले १०७ बल खेल्दा ७ चौका र ४ छक्काको मद्दतमा १२६ रन बनाउनुभएको हो। नेपालका लागि एकदिवसीय खेलको पहिलो कीर्तिमानी शतक पारस खड्काको नाममा छ।

रोहितले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको छ। पाहुना टोली पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रनमा समेटियो। पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा नेपालले २८६ रन बनाएको हो।

एकदिवसीय खेलमा पौडेल सर्वाधिक रन बनाउने तथा पाँच सय रन पूरा गर्ने पहिलो खेलाडीसमेत बन्नुभएको छ। नेपालका लागि आरिफ शेख ३४, कुशल भुर्तेल ३२, सोमपाल कामी र कमलसिंह ऐरीले १८–१८, भीम सार्कीले १७ र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाउनुभयो ।

पपुवा न्युगिनीका नोरमान भानुले ३, असाद भाला र चाल्र्स अमिनीले २–२ र नोसैना पोकनाले एक विकेट लिनुभयो ।

त्रिवि मैदानमा पीएनजीका दुई खेलाडीले अर्धशतक पूरा गर्नुभयो। चाल्स अमिनीले ७७ रन बनाउँदा कप्तान असद भालाले ६० रन बनाउनुभयो। पीएनजीका लागि नोरमान भानुअले ४७, टोनी उराले ३८, रिले हेकुरेले ३१ रन बनाउनुभयो भने जासन किलले १३ रन जोड्नुभयो।

शुक्रबारको खेलमा बलिङमा कमजोर देखिएको नेपालका लागि कमल ऐरी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले समान दुईदुई विकेट लिनुभयो। कप्तान सन्दीप लामिछाने र आरिफ शेखले भने एकएक विकेट लिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?