logo
२०८१ बैशाख २१ शुक्रवार



पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

क्रिकेट |
खेलकुद |


पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल


काठमाडौँ, चैत १२ गते । पपुवा न्युगिनी (पीएनजी) विरुद्ध दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । नेपाल पीएनजीलाई हराएर सिरिज बराबरी गर्ने लक्ष्यमा छ ।

पीएनजी भने सिरिज कब्जा गर्ने दाउमा छ । दुई खेलको सिरिजमा शुक्रबार घरेलु टोली नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो । सिरिजमा पीएनजीले १-० को अग्रता लिएको थियो । यस एकदिवसीय अन्तराष्ट्रिय सिरिज सकिएपछि नेपालले सोमबारदेखि पीएनजी र मलेसियासँग त्रिवि क्रिकेट मैदानमा त्रिदेशीय टी-२० सिरिज खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?