logo
२०८१ बैशाख २३ आईतवार



नेपालद्वारा पीएनजीलाई २७९ रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


नेपालद्वारा पीएनजीलाई २७९ रनको लक्ष्य


काठमाडौँ, चैत १२ गते । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाहुना टोली पपुना न्युगिनी (पीएनजी) लाई जितको लागि दुई सय ७९ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ७८ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले एक सय पाँच रनको शतकीय पारी खेल्नुभयो । एक सय ४० बलमा उक्त रन बनाउने क्रममा उहाँले सात चौका प्रहार गर्नुभएको थियो । ऐरी नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बन्नुभएको छ । खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा पाँच रन जोड्दा दुई विकेट गुमाएको थियो ।

कुशल भुर्तेल पहिलो बलमै गोल्डेन डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा क्याच आउट हुनुभएको थियो । तेस्रो नम्बरमा क्रिजमा आउनुभएका देव खनाल र चौथो नम्बरका दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटको लागि एक सय २९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई  राम्रो स्थितिमा लग्नुभएको हो।

देवले आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने ७२ रन बनाउनुभयो । रोहित पौडेलले ३५, भीम सार्कीले २६ र कप्तान सन्दीप लामिछानेले अविजित २४ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङमा पीएनजीका अलेइ नाओले तीन विकेट लिनुभयो । नोरमान भानुअले दुई तथा चाड सोपर र चाल्र्स अमिनीले एक एक सवकेट झार्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?