logo
२०८१ बैशाख २४ सोमवार



सन्दीप छिटो ५० विकेट लिने दोस्रो बलर

क्रिकेट |
खेलकुद |


सन्दीप छिटो ५० विकेट लिने दोस्रो बलर


काठमाडौँ, चैत १२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेट एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वको दोस्रो बलर बन्नुभएको छ ।
सन्दीपले शनिबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध एक विकेट लिएसँगै उक्त सफलता हात पार्नुभएको हो । सन्दीपले २२ खेलमा ५० विकेट लिनुभएको छ ।

एकदिवसीयमा सर्वाधिक छिटो विकेट लिने खेलाडीको कीर्तिमान भने श्रीलंकाका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । मेन्डिसले सन् २००९ मा जिम्बाबेविरुद्ध उक्त सफलता हात पार्नुभएको थियो । सन्दीपले यसअघि दोस्रो स्थानमा रहनुभएका भारतीय पूर्व तीव्र गतिका बलर अजित अगरकरलाई पछि पार्नुभएको हो ।

अगरकरले २३ खेलमा ५० विकेट लिनुभएको थियो । न्युजिल्यान्डका मिचेल म्याकलेनघानले २३, अष्ट्रेलियाका डेनिस लेली, पाकिस्तानका हसन अली, भारतका कुलदीप यादव र अष्ट्रेलिया स्वर्गीय शेन वार्नले २४ खेलमा ५० विकेट लिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?