logo
२०८१ बैशाख २४ सोमवार



द हिमालयनलाई क्रिकेट कार्निभल उपाधि

क्रिकेट |
खेलकुद |


द हिमालयनलाई क्रिकेट कार्निभल उपाधि


काठमाडौँ, चैत १३ गते । द हिमालयन क्रिकेट क्लबले कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ द हन्ड्रेड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। अस्ट्रेलियाको मेलबर्नमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा द हिमालयनले एक्स्पर्ट सगरमाथा ब्लुजलाई १०७ रनले हरायो ।

द हिमालयनले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ब्लुज ९५ रनमा समेटिएको थियो । सगरमाथा ब्लुजका सुमित चौधरीले ३९ र पारस लामिछानेले ३४ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङमा द हिमालयनका उदय देवकोटाले चार विकेट लिनुभयो । केशव पन्तले तीन विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको द हिमालयनले निर्धारित १०० बलमा पाँच विकेटको क्षतिमा २०२ रन बनाएको थियो ।

द हिमालयनका लागि रमनित सिंहले सर्वाधिक ९५ रन बनाउनुभयो । केशव पन्तले ६० रन बनाउनुभयो । एक्स्पर्ट सगरमाथाका बलर हम्जा अलिले दुई तथा हरभीन्दर सिंहले एक विकेट लिनुभयो । उपाधि सहित द हिमालयन क्लबले तीन हजार डलर र उपविजेता एक्स्पर्ट सगरमाथाले एक हजार डलर रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?