logo
२०८१ बैशाख २३ आईतवार



मलेसियाको विजयी सुरुवात

क्रिकेट |
खेलकुद |


मलेसियाको विजयी सुरुवात


काठमाडौँ, चैत १५ गते । मलेसियाले त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा विजयी सुरुवात गरेको छ । कीर्तिपुर स्थित टियु मैदानमा मंगलबार भएको खेलमा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई आठ रनले हरायो । पीएनजीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो ।

मलेसियाले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९.३ ओभरमा सवै विकेटको क्षतिमा एक सय ७२ रनमा समेटिएको थियो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रन बनाउनुभयो । नोर्मान भानुवाले ४५, सिमोन अटाइले १५ र असाद भालाले ११ रन बनाउनुभयो । बलिङमा मलेसियाका शर्भिन मुनियाण्डीले चार विकेट लिनुभयो । मुहमद वाफिक र विरन्दिप सिंहले तीन तीन विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फाईज र विरन्दीप सिंहले अर्धसतकीय इनिङ्स खेल्नुभयो । विरन्दीपले अविजित ५९ र अहमदले ५६ रन बनाउनुभयो । सायद अजिजले ४७ रन बनाउनुभयो । बलिङमा पीएनजीका नोर्मन भानुवाले दुई तथा नोसेन पोकानाले एक विकेट लिनुभयो । सिरिज अन्तर्गत बुधबार नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?