logo
२०८१ बैशाख २३ आईतवार



त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियासँग टस हारेर बलिङ गर्दै नेपाल

क्रिकेट |
खेलकुद |


त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियासँग  टस हारेर बलिङ गर्दै नेपाल


काठमाडौँ, चैत १६ गते । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज (बुधबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले अहिले टस हारेर बलिङ गर्ने भएको छ । टस जितेको मलेसियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको थियो । मलेसियापनि नेपाललाई हराएर दोस्रो जित निकाल्ने दाउमा छ । मलेसियाले मङ्गलबार पीएनजीलाई नै आठ रनले हराएको थियो । मलेसियाविरुद्धको टी–२० सिरिजमा नेपालका बायाँ हाते ब्याटर दिलीपनाथले डेब्यु गर्ने मौका पाउनुभएको छ ।

दिलीपलाई पूर्व कप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का म्यानेजर विनोद दासले डेब्यु क्याप दिनुभएको हो । नेपाल र मलेसिायबीच असहलेसम्म सात वटा टी–२० खेल भएका छन् । जसमा नेपालले ६ जित निकालेको छ भने एक खेलमा हार खेपेको छ । यस टी–२० सिरिजमा आयोजक नेपाल, पीएनजी र मलेसिया सहभागी छन् । हरेक टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । नेपाल र मलेसियाले दुई अङ्क बनाएका छन् । पीएनजीले अङ्कको खाता खोल्न सकेको छैन ।

मलेसियाविरुद्ध नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), दिलीपनाथ (विकेट किपर) ,आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, कुशल मल्ल र रोहित पौडेल ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?