logo
२०८१ बैशाख २३ आईतवार



नेपाललाई जितका लागि मलेसियाको एक सय १५ रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


नेपाललाई जितका लागि मलेसियाको एक सय १५ रनको लक्ष्य


काठमाडौँ, चैत १६ गते । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाललाई जितका लागि मलेसियाले एक कसय १५ रनको विजय लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १४ रन बनायो ।

मलेसियाका लागि जुवईदी जुल्किफाईले सर्वाधिक ३२ रन बनाउनुभयो । कप्तान अहमद फैजले २४, मुहमद अमिरले १६ र सयद अजिजले १४ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसी र कप्तान सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो । अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।

नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको थियो । मलेसियापनि नेपाललाई हराएर दोस्रो जित निकाल्ने दाउमा छ । मलेसियाले मङ्गलबार पीएनजीलाई नै आठ रनले हराएको थियो । मलेसियाविरुद्धको टी–२० सिरिजमा नेपालका बायाँ हाते ब्याटर दिलीपनाथले डेब्यु गर्ने मौका पाउनुभएको छ ।

नेपाल र मलेसिायबीच यसअघि सात वटा टी–२० खेल भएका छन् । जसमा नेपालले ६ जित निकालेको छ भने एक खेलमा हार खेपेको छ । यस टी–२० सिरिजमा आयोजक नेपाल, पीएनजी र मलेसिया सहभागी छन् । हरेक टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । नेपाल र मलेसियाले दुई अङ्क बनाएका छन् । पीएनजीले अङ्क खाता खोल्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?